हेटौंडा । मकवानपुरमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तीर्थराज चिलुवालले चुस्त, दुरुस्त र गुनासोरहित सेवाप्रदान गर्न प्रतिवद्व रहेको बताउनु भएको छ । बिहीवार हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सेवाप्रवाहमा चुस्तढंगले लाग्ने बताउनुभयो ।
सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुहुँदै उहाँले पत्रकारलाई खबरदारी गर्न आग्रह समेत गर्नुभयो । उहाँले शुसासन कायम गर्न प्रतिवद्व रहेको बताउनुभयो । उहाँले राष्ट्रिय परिचयपत्र लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता न्युनीकण गर्दै लैजान बताउँदै कर्मचारी अभाव रहेको बताउनुभयो । ट्राफिक व्यवस्थापनका बिषयमा पनि थप जानकारी लिने बताउनुभयो । कार्यक्रममा प्रशासकीय अधिकृत गुणराज न्यौपाने, पत्रकारलगायतको सहभागिता रहेको थियो ।