मकवानपुर– ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले सामाजिक सुरक्षा सरकारको पहिलो प्राथमिक्ता भित्र पर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा आयोजित सामाजिक सुरक्षामा नागरिक समाजको चासो बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढुङ्गेलले तीनै तहको सरकारले सामाजिक सुरक्षालाई पहिलो प्राथमिक्ता दिनुपर्ने धारणा राख्नुभएको हो ।

मन्त्रि ढुङ्गेलले जेष्ठ नागरिकको उचीत हेरचाहको व्यवस्था मिलाउने गरि प्रदेश सरकारले निती तथा कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सामाजिक सुरक्षा भत्ताको सहज उपलब्धताको व्यवस्था गर्न सर्वसाधारणले प्रदेश सरकार समक्ष्य ध्यानाकर्षण गराएपछि आज हेटौडामा आयोजित सामाजिक सुरक्षामा नागरिक समाजको चासो बिषयक अन्तरकृया कार्यक्रममा मन्त्री ढुङ्गेलले जेष्ठ नागरिक, अपाङ्ग र अशक्तहरुलाई मध्यनजर गर्दै प्रदेश सरकारले सहज नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । मन्त्री ढुङ्गेलले घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र अशक्तहरुलाई असहज हुने भएकाले बैंक खातामै डिपोजीट हुने ब्यवस्था गर्न सर्वसाधारणले गरेका माग प्रति आफुले ध्यान दियर काम गर्ने बताउनुभएको थियो ।

सामाजिक सुरक्षा, नागरिक समाज सञ्जालको आयोजना तथा बाल कल्याण समाज मकवानपुरको समन्वयमा भएको कार्यक्रम सञ्जालकी अध्यक्ष डोल्मा तामाङको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा सामाजिक सुरक्षाका बारेमा सञ्जालका सदस्य तिलोत्तमा पौडेल र हेटौंडा उपमहानगरपालिकका भिम तिमल्सिनाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो, भने कार्यक्रमको औचित्य माथि बाल कल्याण समाज मकवानपुरका प्रकाश खतिवडाले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा लगायत जिल्लामा सक्रिय गैरसरकारी सँस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।