मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका स्थित प्राथमिक स्वास्थय केन्द्र मनहरीको मंगलबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको संयोजक्त्वमा स्वास्थ्य केन्द्रको अनुगमन गरिएको हो ।

विशेष गरि सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्दै आएको आईपास नेपालले संचालन गरेका कार्यक्रम एवम् स्वास्थय केन्द्रको समग्र अवस्थाका बारेमा अनुगमन टोलीले निरिक्षण गरेको थियो । अनुगमनका क्रममा स्वास्थ् केन्द्रमा बिरामिको चाप अधिक रहेको पाईएको छ । सिमिति स्रोत र साधनका बाबजुत दैनीक १ सय देखि १ सय ५० जना बिरामिले स्वास्थ केन्द्रबाट सेवा लिने गरेको पाईएको छ । त्यस्तै स्वास्थ्य केन्द्रलाई भौतिक पुर्वाधारको कमि रहेको पाईएको छ । त्यस्तै उक्त स्वास्थ्य केन्द्रमा सुरीक्षत गर्भपतन गराउनेको संख्यामा पनि बृद्धि भएको र स्थानीयमा जनचेतनाको अझै कमिका कारण असुरक्षित गर्भपतन गराउनेहरुलाई स्वास्थ्य केन्द्र सम्म ल्याउन चेतनामुलक कार्यक्रमको आवश्यक रहेको पाइैएको छ ।
अनुगमन टोलीमा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्याय, कर्मचारी अम्बिका पाण्डे, स्वास्थ्य निर्देशनालयका रमेश खकुरेल, जिसस मकवानपुरका भिमलाल मर्हजन, गाउँपालिकाका स्वास्थ्य संयोजक टिका अधिकारी, स्वास्थ्य केन्द्रका मेसु डा. सरद प्रसाद दाहाल, मेडिकल अधिकृत दिपेन्द्र पौडेल, आईपासकी जिल्ला कार्यक्रम संयोक प्रितम पोख्रेललगायतको सहभागिता थियो ।