नेपालमा कोरोना भाइरसका कुल संक्रमित मध्ये ९७ दशमलव १ प्रतिशत संक्रमित निको भएका छन् । हालसम्म ६५ दशमलव १ प्रतिशत पुरुष र ३४ दशमलव ९ प्रतिशत महिला सङ्क्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ५० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ११ मा झरेको हो । नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप ४ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार पिसिआर परीक्षण गर्दा २ सय ४५ पुरुष १ सय ७४ महिलामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ । ५ हजार ७ सय ११ सक्रिय संक्रमित मध्ये २ हजार २ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै गम्भीर लक्षण देखिएका २ सय १८ जनाको आइसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण आज थप ६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १८ सय ७० पुगेको छ ।