मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित गणेश हनुमान टोल बिकास संस्थाको अध्यक्ष पुन रमिला सापकोटा चयन हुनुभएको छ । शनिबार संस्थाको छैठौं वार्षिक साधारण सभाबाट पुन सापकोटाको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरिएको हो ।

Image may contain: 9 people, people standing and indoor

संस्थाको उपाध्यक्षमा बालकुमारी पाण्डे, सचिवमा मञ्जु कुमारी अधिकारी, कोषध्यक्षमा चञ्चला महर्जनलगायत चयन हुनुभएको छ । नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि ९ नम्बर वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले सफलताको शुभकामना व्यक्त गर्नभएको थियो । सो अवसरमा वडा अध्यक्ष भण्डारीले समाज सुधारका लागि टोल विकास संस्थाको भुमिका महत्वपूर्ण भएको बताउनुभएको छ । उहाँले आफ्नो टोल समाजलाई बिकृतिबाट बचाउन टोल विकास संस्थाले काम गर्नुपर्ने बताउनुभयो । उहाँले समुदायमा जस्तो सुकै काम गर्दा टोल विकास संस्थासंगको समन्वयमा गर्दा थप सहजता मिलेको अनुभव समेत सुनउनुभयो ।

कार्यक्रमकै अवसमा लागु पदार्थ दुव्र्यशन सम्बनधी अन्तरकृया समेत गरिएको थियो । हेटौंडा–९ मै रहेको सियान पुर्नस्थापना केन्द्रको समन्वयमा अन्तरकृया आयोजना गरिएको हो । अन्तरकृयामा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख देवराज काफ्ले र सियान पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा महिलाहरुद्धारा मात्र सञ्चालित उक्त टोल विकास संस्थाले आफ्नो टोललाई दुव्र्यशनमुक्त बनाउन सशक्त भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारी, वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडा, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, संतोषि टोल विकास संस्थाका अध्यक्ष कुमार पौडेललगायतको सहभागिता थियो । कार्यक्रममा संस्थामा रहेर नियमित बचतकर्ता र सल्लाहाकारहरुलाई सम्मानसमेत गरिएको थियो ।