चितवन– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाजमा बढ्दो लागु पदार्थ दुर्व्शनी चिन्ताको विषय भएको बताउनुभएको छ । सियान पुर्नस्थापना केन्द्रद्धारा संचालन भईरहेको ७ दिने मनो सामाजिक परार्मश तालिमको अवलोकनकालागि चितवनको सौराहा पुग्नुभएका प्रमुख खुलालले लागु पदार्थ दुव्र्यशनीले गर्दा समाजमा नकारात्मक असर पर्दै गएको बताउनुभएको हो ।

मकवानपुरमा पनि लागु पदार्थ दुव्र्यशनीको कृयाकलाप बढ्दै गएको भन्दै प्रमुख खुलालले यसकालागि समाधानका उपायहरु पहिचन भईरहेको बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिकै अगुवाईमा मकवानपुरमा लागु पदार्थ दुव्र्यशन न्युनिकरणको अभियान संचालन गर्ने तयारी भईरहेको समेत बताउनुभएको छ । त्यसको एउटा उपाए मनो सामाजिक परार्मश पनि हुन सक्ने बताउनुभएको छ । समाजमा पछिल्लो समय बढ्दो नकारात्मकतालाई सुधार गर्न मनोसामाजिक परामर्श आवश्यक रहेको उहाँको भनाई थियो । जो कोहिलाई पनि जिवनको कुनै क्षणमा उचित परामर्शको आवश्यक पर्ने भन्दै प्रमुख खुलालले तालिम महत्वपुर्ण भएको बताउनुभयो । समाज परिर्वतनकालागि मनाेपरामर्शले महत्वपुर्ण भुमिका खेल्ने प्रमुख खुलालले बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष लक्षमण प्रसाद भण्डारीले वडामा समेत लागु पदार्थ दुव्र्यशनका घटना बढ्दै गएको र त्यसको न्युनिकरणमा लागेको बताउनुभयो । उहाँले यसमा पुर्नस्थापना केन्द्रले निकै सहयोग पु¥याएको बताउनुभयो । उहाँले लागु पदार्थ दुव्यशनमा फसेकाहरुलाई पुर्नस्थापना केन्द्रबाट बाहिर आए पछि समाजमा स्थापित हुन असहज हुने भन्दै त्यसतर्फ पनि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले कुलतबाट बाहिर आएकालाई स्थापित हुने किसिमको वातावरण समाज, परिवारले गर्नुपर्ने र उनिहरुलाई सिपमुलक व्यवसाय तर्फ आकर्षित गर्नुपर्ने बताउनुभयो । तालिममा नेपालका बिभिन्न जिल्लाबाट करीब १५ जनाको सहभागिता रहेको छ ।