नेपाल औषधि ब्यवसायी संघ मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । संघले सर्जिकल मास्क ३ हजार ५ सय थान, सेनिटाईजर २ सय पिस र हात धुने साबुन २ सय पीस जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई हस्तान्तरण गरेकाे हाे ।

कोरोना भाइरस (कोभिड १९) को माहामारीमा खटिएका मकवानपुरका प्रहरीहरूकाे स्वास्थ्य सुरक्षाका लागि विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे जनाएकाे छ । आज एक कार्यक्रमकाे आयाेजना गरेर औषधि ब्यवसायी संघ मकवानपुर अध्यक्ष सुधिर दाहाल, मेलान केन्द्रिय सचीवालय सदस्य उत्सब चौलागाईं लगायत औषधि ब्यवसायीले सामग्री हस्तान्तरण गर्नुभएकाे हाे ।