मकवानपुर– मकवानपुरमा बाहिरबाट आएका व्यक्तिहरुको कडा निगरानी गर्न आम सर्वसाधारणलाइ आव्हान गरिएको छ । संक्रमणको जोखिम बढ्ने सम्भावनालाई मध्येनजर गर्दै बुधाबार जिल्लामा लकडाउनलाई थप प्रभावकारी बनाउन र नागरिक निगरानी बढाउन आव्हान गरिएको हो ।
छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढेपछि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कट्वाललगायत सरोकारवालाहरुको छलफलले आम नागकिलाई आ–आफ्नो ठाउँमा निगरानी गर्न आव्हान गर्नुभएको हो । कमाण्ड पोष्टकै तर्फबाट जिल्लाका सम्पुर्ण नागरिकलाई आ–आफ्नो स्थानबाट कोभिड–१९ बिरुद्ध सकृय भएर लाग्न आग्रह गरिएको छ । पछिल्लो हप्ता वा सो भन्दा अगाडी कोहि पनि व्यक्ति बाहिरबाट आफ्नो टोल छिमेकमा आएको भए तीनिहरुको निगरानी गर्न साथै उनिहरुको बारेमा स्थानीयतहका जनप्रतिनिधिहरु, वडाअध्यक्ष, स्वास्थ्य संस्था, टोल विकास संस्था वा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आम मकवानपुरवासीलाई आव्हान गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै जोखिम बढ्न सक्ने भन्दै हेटौंडा बजारका तोकिए बाहेकका सम्पुर्ण पसलहरु बन्द गर्न आग्रह गरिएको छ । हिजो बसेको आकष्मिक बैठकले अत्यावश्यक सामग्रीका पसलहरु मात्र खोल्ने निर्णय भए बमोजिमका पसल व्यवसाय मात्र खोल्न आव्हान गरिएको छ । हिजो बसेको आकष्मिक बैठकले हेटौंडा वजार क्षेत्रमा खाद्यान्न, औषधी, बिउविजन, ग्यास र रासाायनिक मलको पसल वाहेक अन्य पसलहरु अर्को निर्णय नभए सम्मका लागि वन्द गर्ने निर्णय गरेकाले सो निर्णयको कार्यान्वयन गर्न पुन आव्हान गरिएको हो ।
िहजोको बैठकले खाद्यान्न र ग्यास पसल बिहान ९ बजे सम्म, तथा औषधी, बिउविजन, र रासाायनिक मलको पसल दिनै भरी खुल्ला राख्न आव्हान गरेको थियो । यता बजार क्षेत्रमा बढी भिडभाड बढेको पाईएपछि भोली देखि हेटौंडा बजार क्षेत्रमा अत्यावश्यक बाहेकका मोटरसाईकल, स्कुटर, अटो, मयुरी तथा अन्य चारपांग्रे सवारीसाधन समेतको सञ्चालनमा पुर्ण रुपमा रोक लागएको छ भने संक्रमित जिल्लाबाट तरकारी तथा माछामासु जन्य सामग्रीको आयात समेत पुर्ण रुपमा रोक लगाईएको उहाँले जानकारी दिनुभयो ।