फाइल फाेटाे

सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आफू सुरक्षित रहेमात्रै बिरामीलाई सेवा दिन सकिने भएकाले उच्च सुरक्षा उपनाउन आग्रह गर्नुभयो ।

व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र कोरोना परीक्षणकाे किट सरकारसँग पर्याप्त रहेकाले यसको उपयोग गरेर सुरक्षित रहन उहाँले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।सरकारले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका परिवार र आफन्तको कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना जाँच गर्ने पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो ।