सांकेतिक तस्विर

मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ३० जनाको परीक्षण गरिएको छ । वैशाख ३ गतेबाट शुरु गरेको आरडीटी परीक्षणमा ४ महिलासहित ३० जनाको परीक्षण भएको हाे ।

हाल सम्म परिक्षण गरिएका सबैकाे नतिजा नेगेटिभ आएकाे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयाे । नगरपालिकाले नगर क्षेत्रमा विदेशबाट आएकाहरुलाई प्राथमिकतामा राख्दै वैदेशिक राेजगारीबाट फर्किएकाहरूकाे घरघरमै टेष्ट शुरु गरेको मेयर लवशेर विष्टले जानकारी दिनुभयाे । घरघरमै आरडीटी टेष्टका लागि खटिएका टोलीमा स्वास्थ्य संयोजक बलामीसहित डाक्टर उदय रोका, डाक्टर सुबोध चापागाई, नर्सिङ निरीक्षक बालकुमारी ढकाल, ल्याब टेक्निसियन रमेश खड्का, अनुपा तिमल्सिना र स्टाफ नर्स रमिता भुजेल सहभागी रहेकाे उहाँले बताउनुभयाे ।

स्वास्थ्य कार्यालय मकवानपुरले थाहा नगरपालिकामा ४० जनाको परीक्षण गर्नेगरी ¥यापिड डाइग्नोस्टिक टेस्ट किट पठाएको छ । नगरपालिकामा विदेशबाट आएका ७० जना व्यक्तिहरु रहेका छन् ।  साे मध्ये वडा नम्बर १, २, ६, ७, १०, ११ र १२ मा परीक्षण भएकोमा सबैको नतिजा नेगेटिभ आएको डाक्टर उदय रोकाले जानकारी दिनुभयाे ।