हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले अग्रता कायम राखेकी छिन् । ५५ हजार २७१ मतको गणना सकिँदा लामाले १७ हजार १५८ मत प्राप्त गरिन् । यस्तै, नेकपा एमालेका अनन्त पौडेलले १६ हजार १२४ मत तथा राप्रपाका दिपक बहादुर सिंहले १५ हजार ४३१ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले २५ हजार ११३ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले १८ हजार ४७ मत तथा राप्रपाकी इन्दिरा न्यौपानेले ३ हजार ८८९ मत प्राप्त गरेकि छिन् ।