मकवानपुर, माघ ११ । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेश तर्फको २ सिटका लागि भएको निर्वाचनमा ३१८ जनाले मतदान गरेका छन् ।
निर्वाचनमा मताधिकार पाएका प्रदेश सभा तर्फको १०४ जना सांसद मध्ये ८९ ले मतदान गरेका छन् । भने १५ जना सांसदले मतदान गरेनन् । प्रदेशसभामा कायम रहेको राप्रपाका १२ जना सांसद मतदानमा सहभागी भएनन् ।
जसमा उद्धव थापा, नुरज बज्राचार्य, राजु विष्ट, राजेन्द्र प्रजापति, डम्बर तामाङ, गिर बहादुर तामाङ, आशा लामा, कुमारी तामाङ, मोनिका श्रेष्ठ, धनेश्वरी प्रजापति, भुवन कुमार पाठक र लक्ष्मी घिमिरेले मतदान गरेनन् ।
निर्वाचन आयोगका अनुसार केही बेरमा मतपरिणाम आउने छ ।