मकवानपुर, माघ ११ । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशको मतदान सकिएको छ । स्थानीय तहतर्फ २२९ ले मतदान गरे भने ५ जना अनुपस्थित रहे ।
कुल ३३८ मतदाता रहेकोमा ३१८ मत खसेको थियो । स्थानीय तहतर्फ दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी, दोलखा बिगु गाउॅंपालिका प्रमुख संजीब ओली, काठमाडौं शंकरापुर नगरपालिकाका प्रमुख रमेश नापित, ललितपुर गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लम्सास अनुपस्थित रहेका थिए ।











