हेटाैंडा–नेपाल बिधुत प्राधिकरण हेटौडाले हेटौंडा-९ मा सडक स्ल्याब ढलान गरिदिएको छ । शनिबार प्राधिकरणले हेटौंडा-९ स्थित दिब्यपथ टोल विकास संस्था र ओम टोल विकास संस्था जोड्ने सडक स्ल्याब ढलान कार्य गरेको हो । २०७४ सालमा आएको वर्षाले पहिरो गएर प्राधिकरणको ६६ हजार भोल्टेज भएको बिजुलिको पोल ढाल्ने स्थिती भएपछी सो क्षेत्रमा मेसिनरी पर्खाल लगाएको थियो । अहिले प्राधिकरणले मुल्यअभिवृद्धि कर सहित साढे २ लाख लागतमा ३० मिटर लम्बाई र साढे ३ मिटर चौडाई सडक ढलान गरेको हो ।