चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मत गणनामा अध्यक्षमा केपी शर्मा ओली अगाडि छन् । ताजा मत परिणामअनुसार ओलीले ४०० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी भीम रावलले भने ४२ मत प्राप्त गरेका छन् । केहीबेर अघिबाट सुरु भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।