मकवानपुर– हेटौँडामा ¥यापिड टेष्टमा पोजेटिभ देखिएका चारै जनाको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडामा बिहीबार विदेशबाट फर्किएका ४९ जनामा कोरोना भाइरस (कोभिड १९) ¥यापिड टेस्ट गरिएको थियो । जस मध्ये चार जनाको रिपोर्ट पोजिटिभ आएकोमा उनिहरुको आज शुक्रबार पीसीआर माध्यमबाट स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
हेटौंडा उपमहानगरपालिकाले हिजोदेखी ¥यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गरेको हो । हिजो हेटौंडा–१५ मा ९ जना र हेटौंडा–४ मा ४० जनामा ¥यापिड टेस्ट गरिएकोमा हेटौंडा–४ का चार जनामा पोजेटिभ देखिएको थियो । उनिहरुको स्वाब संकलन गरेर आज हेटौंडाको कोरोना ल्यावमा परिक्षण गर्दा पिसिआर टेष्ट नेगेटिभ आएको हेटौंडाको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभएको छ । उनहिरु चारैजनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको र उनीहरुमा कोरोना भाइरस नभएको पुष्टी भएको उहाँले बताउनुभयो ।
बिदेशबाट फर्किएका तीन जना पुरुष र एक जना महिलामा हिजो ¥यापिड टेस्ट गर्दा रिजल्ट पोजेटिभ आएको थियो । हेटौंडा–४ स्थित बासुदेव सभागृहमा बिहीबार भएको ४० जनाको टेस्ट मध्ये भारत बिहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ वर्षीय एक युवकको ¥यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखाएको थियो । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको रिजल्ट नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको चौलागाईले बताउनुभयो ।