मकवानपुर – मकवानपुरमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११८ जनामा पिसिआर र ५६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ८७ र १५ जना गरी थप १०२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४७ जना पुगेका छन् । जस मध्ये १ हजार ८२ जना होम आइसोलेसनमा र ६५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यलयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै जिल्लामा हालसम्म संक्रमण पुष्टि भएका मध्ये ९० प्रतिशतले कोरोना जितेका छन् । यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको कार्यालयले जनाएको छ ।