मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा सञ्चालित शहरी स्वास्थ्य कार्यालयसहित वडा कार्यालयमा आज डिसईफेक्सन छर्किएको छ । शहरी स्वास्थ्य कार्यालयका एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालयसहित वडा कार्यालयमा डिसईन्फेक्सन छर्किएको हो ।

वडा कार्यालय र शहरी स्वास्थ्य कार्यालय एउटै भवनबाट सञ्चालन रहेकाले दुवै कार्यालयसहित सम्पुर्ण वडा कार्यालय भवनको बाहिरी र भित्री भागमा डिसईन्फेक्सन छर्किएको ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष भण्डारीले हेटौंडा उपमहानगरपालिका मार्फत डिसईफेक्सन केमिकल (औषधि) प्राप्त भएपछि ९ नम्बर वडामा रहेको सियान पुनःस्थापना केन्द्रले डिसइन्फेक्सन छर्ने कार्य गरेको हो ।
