हेटौंडा – राप्रपा नेपाल मकवानपुरले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा मतदान गर्ने भएको छ । राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रीय स्तरमा एमाले र राप्रपा नेपालबीच भएको सहमति अनुसार एमालेको सूर्य चिन्हमा मतदान गर्न लागिएको बताएका छन् । उनले राप्रपाका कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तकहरुमा सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् ।