हेटौंडा – आसन्न बैशाख३० गते हुने स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत राजेन्द्र लिङ्देल नेतृत्वको राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा दिपक सिंहले उमेदवारी दर्ता गराउनु भएको छ । आज हेटौंडा–२, स्थित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राप्रपाबाट मेयर पदमा मनोनयन दर्ता गराउनु भएको हो ।
त्यसैगरी राप्रपाको तर्फबाट उपमेयरमा इन्दिरा न्यौपानेको उम्मेदवारी परेको छ । रयाली र बाजागाजा सहित नेता कार्यकर्ता लिएर सिंह र न्यौपाने मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यता कमल थापा निकट राप्रपा नेपालले मकवानपुरमा एमालेसँग सहकार्य गर्दै एमालेको सुर्य चिन्हमा मतदान गर्न नेता कार्यकर्तालाई विज्ञप्ती प्रकाशित गरेको भनेको छ ।