हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्थानीय तहको निर्वाचनको लागि कैलाश गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वारी दर्ता गरेको छ । एमालेको तर्फबाट कैलाश गाउँपालिकाको अध्यक्षमा नरेन्द्रलाल रिजाल र उपाध्यक्षमा सुकुमाया थिङले उम्मेद्वार दर्ता गराउनु भएको हो ।
एमालेको तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिनुभएको रिजालको प्रस्तावकमा गोविन्द मल्ल र समर्थकमा सरस्वती रिजाल, उपाध्यक्षको प्रस्तावक जमुना घिमिरे र समर्थकमा कविता घिसिङ रहनुभएको छ । नेकपा एमाले कैलाश पार्टी कार्यालयबाट र्याली सहित उम्मेद्वारी दर्ताको लागि उम्मेद्वार तथा कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय कैलाश गाउँपालिका पुगेका थिए ।