मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समुदायमा कोरोना फैलनबाट रोक्न व्यवस्थित योजनाका साथ लाग्न आग्रह गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा कोराना संङक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालासंगको छलफलमा समुदायलाई कोरोनाबाट जोगाउन योजनाबद्ध तरिकारले जनचेतना फैलाउन आग्रह गर्नुभएको हो ।

प्रमुख खुलालले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने, मास्कको अनिवार्य प्रयोग गर्न, नियमित रुपमा साबुनपानीले हात धुने तथा सावधानी अपनाउँदै आफ्ना दैनिकी सञ्चालन गरेमा कोरोना संक्रमणको जोखिम कम हुनेहुँदा यस विषयमा समुदायमा व्यवस्थित रुपमा जनचेतना फैलाउन आग्रह गर्नुभएको छ । उहाँले समुदायमा कोरानाबाट संक्रमित व्यक्तिलाई दुव्र्यवहार गर्ने, अनावश्यक अफबाह फैलाउने जस्ता कुरालाई निरुतसाहित गर्दै संक्रमितको हौसला बढाउने र जनचेतना जगाउने खालका कार्यहरु व्यवस्थित रुपमा गर्न आग्रह गर्नुभयो । पछिल्लो समय महिला र पुरुषमा संक्रमण दर बराबर जस्तै रिपोर्ट आउनाले यो भाइरस समुदायमा फैलिएको बुझिने हुँदा समुदाय नै सचेत हुनुपर्ने भन्दै राजनैतिक दल, टोल विकास संस्थालगायत अन्य संघ÷संस्थाहरु सबै लागेर जनचेतना जगाउनु पर्ने उहाँको भनाई थियो ।

छलफलमा ५ नम्बर वडा अध्यक्ष राजेश बानीयाले वडामा हालसम्म ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले यस अघि वडामा कोहि कसैले पनि यस्ता खालका सल्लाह सुझाव प्रदान नगरेको भन्दै जिल्ला समन्वय समिति प्रमुखले वडामा आएर सल्लाह सुझाव प्रदान गरेर थप हौसला मिलेको बताउनुभयो । आगामी दिनमा थप व्यवस्थित रुपमा जनचेतनाका कार्यहरु सञ्चालन गर्ने समेत बताउनुभयो । छलफलमा सहभागिहरुले विभिन्न सञ्चार माध्यमहरुको प्रयोग गरेर समुदायमा जनचेतना जगाउनु पर्नेमा जोड दिनुभएको थियो । छलफलमा ५ नम्बर वडाका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न संघसंस्था तथा विभिन्न क्लबका प्रतिनिधि लगायतको सहभागिता थियो । साे क्रममा प्रमुख खुलालले हेटाैंडा–५ स्थित निर्माणाधिन कबर्डहलकाे निरीक्षण समेत गर्नुभएकाे थियाे ।