भारत र इङ्ग्ल्यान्डबीच स्थगित भएको पाँचौँ तथा अन्तिम टेस्ट आउँदो वर्षको जुलाईमा हुने भएको छ । इङ्ग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड ९ईसीबी० ले आज शुक्रवार यसको जानकारी दिएको हो ।
यी दुई टोलीबीचको पाँचौ टेस्ट जुलाई १ देखि ५ सम्म एजबास्टनमा हुने भएको हो । म्यानचेस्टरमा हुने तय भएको यो निर्णायक खेल सुरु हुनुअघि कोरोना महामारीका कारण स्थगित गरिएको थियो । ईसीबीले विज्ञप्तिमा भनेको छ, ‘इङ्ग्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्टको तालिका फेरि निकालिएको छ र यसको आयोजना आउँदो वर्षको जुलाईमा हुनेछ ।’ पाँच खेलको टेस्ट शृङ्खलामा भारत दुई–एकले अघि छ । इङ्ग्ल्यान्डले शृङ्खला बराबरी गर्न जित्नुपर्नेछ भने ‘ड्र’ र इङ्ग्ल्यान्डले हारे शृङ्खला भारतले जित्नेछ ।