मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभामा बजेट प्रस्तुत गर्नु भएको हो ।

विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड विनियोजन गरिएको छ । कुल विनियोजन मध्ये चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २.३२ प्रतिशत रहेको छ ।

No description available.

प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २७ अर्व ५८ करोड ५७ लाख, अन्य राजस्ववाट ६ अर्व ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्व ५७ करोड ५६ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट रु. १४ अर्व ८६ करोड ७४ लाख ५१ हजार व्यहोरिने अनुमान गरेको छ । बागमती प्रदेशले आगामी आर्थिक वर्ष सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने जनाएको छ । प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।

बजेटको पूर्णपाठ