सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि साढे ३१ अर्ब रुपैयाँभन्दा धेरैको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आज प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन भएको छ । स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम नौ अर्ब ९९ करोड, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रुपैयाँ, चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम छ अर्ब १५ करोड ८३ लाख र सशर्त अनुदानबाट प्राप्त हुने तीन अर्ब १३ करोड ३४ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ ।