काठमाडौँ– मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुनुभएको छ ।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि केही दिनको आरामपछि आज डिस्चार्ज हुनुभएको प्रधानमन्त्रीका प्रेस बिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।