काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । उहाँलाई अहिले दिउँसो ३ः०० बजे पछि डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस बिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।