अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरु गरेको ग्रासरुट फुटबल कार्यक्रम एसियन फुटबल संघ (एएफसी) को मूल्याङ्कनमा पहिलो पटक परेको छ । एशियन फुटबल संघको मूल्याङ्कनमा अखिल नेपाल फुटबल संघ पहिलो पटक परेको छ । पछिल्लो २ वर्षमा नेपाली फुटबलको ग्रासरुट कार्यक्रमले हात पारेको सफलतालाई हेरेर एएफसीले ब्राउन्ज स्तरको मूल्याङकनमा राखेको हो ।

एएफसीले गोल्ड, सिल्भर र ब्राउन्ज गरी ग्रासरुट कार्यक्रमलाई मूल्याङ्कन गर्ने गरेको छ । जसमा नेपाल पहिलो पटक मुल्याङ्कनमा परेको हो । एन्फाले ६ वर्षदेखि १२ वर्ष उमेर समुहका बालबालिकालाई यो कार्यक्रममा सहभागी गराउने गरेको छ । काठमाडौं लगायत देशका ४५ वटा सदस्य जिल्लामा एन्फाले ग्रासरुट कार्यक्रम संचालन गर्दै आएको छ । एन्फाले बालबालिकाहरुलाई खेलकुदमा आर्कषण बढाउने उदेश्यसहित यो कार्यक्रम २०१८ बाट सुरु गरेको हो ।