हेटौंडा । मकवानपुरका कलाकार सुन्दर धिताल नेपाली फिल्म ‘रंगेली’ मा मुख्य भुमिकामा देखिने भएका छन । एक दशकभन्दा बढी समयदेखि मनोरञ्जन क्षेत्रमा अभिनय र निर्देशनमा लागेका धितालले यहि फागुन २५ मा रिलिज हुदै गरेको रंगेली´ मा पहिलो पटक डेब्यु गरेका हुन ।

उनले यसअघि विभिन्न नाटकहरूमा अभिनयका साथसाथै निर्देशन समेत गर्दै आएका थिए । धितालको निर्देशन एवम परिकल्पना रहेको समय पीडा नाटकको साथसाथै फरक भूमिकाहरूबाट सुरु भएको, ‘२४ मा १२’ र ‘ज्ञानको चिहान’ ले छिट्टै रंगमञ्चमा उनलाई परिचित गराएपनि ठूलो पर्जामा खल-नायकको रुपमा भने रङेली फिल्म मार्फत आउन लागेका हुन । उनले हालसम्म ४० भन्दा बढी सर्ट फिल्महरू र १० वटा म्युजिक भिडियोहरू अभिनय गरिसकेका छन ।

उनको पहिलो डेब्यु फिल्मरंगेली´ को निर्देशकमा अर्जुन सुवेदी ,सुशन प्रजापति छायांकनमा रहेका छन । यस्तै कलाकारहरुमा मिरूना मगर, दयाहाङ राई, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकी , सुन्दर धिताल लगाएत कलाकारको अभिनय रहेको छ ।