मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले बनभोज कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार हेटौंडा–११, स्थित सहिद स्मारकमा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।

हेटौंडा–११, स्थित स्मारकमा आयोजित कार्यक्रमका प्रमुख अतिथी फाण्डेसनका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले फाउण्डेसन मकवानपुरको सकृयताको प्रशंसा गर्नुभयो । उहाँले फाउण्डेशन मकवानपुरले मदन भण्डारीको विचारलाई अगाडि सार्नका लागि हरेक महिना सृजनात्मक कार्यक्रमहरु आयोजना गर्ने गरेको भन्दै संस्थाको सकृयता प्रशंसनिय रहेको बताउनुभयो । फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य जुनेली श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, एमाले जिल्ला अध्यक्ष एकालाला श्रेष्ठलगायत करीब १५० जनाको सहभागिता थियो ।
फोटोफिचर