मकवानपुर । हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलले शनिबार (भोली) खाना महोत्सव आयोजना गर्ने भएको छ । विद्यालयले पाक शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यले खाना महोत्सव तथा भेषभूषा प्रदर्शनी आयोजना गर्न लागेको हो ।
विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिने विद्यालयका प्रिन्सिपल नविन केसीले जानकारी दिनुभयो । विद्यालयले वार्षिक क्यालेन्डर नै बनाएर विद्यार्थीलाई व्यवसारिक शिक्षा प्रदान गर्न यसअघि पनि यो कार्यक्रम आयोजना गरेको थियो । विद्यार्थीहरुलाई पाक कलाको ज्ञान गराउनु, व्यवसायिक सिपको विकास गराउनु, विद्यार्थी, शिक्षक र अभिभावकलाई एक सुत्रमा बाँध्नु र विद्यार्थीहरुको उपलब्धीका सन्दर्भमा जानकारी गराउनु नै कार्यक्रमको उद्देश्य रहेको भन्दै विगत वर्षहरुदेखि नै फुड फेस्टिभल कार्यक्रम गरिंदै आएको बताउनुभयो ।