मकवानपुर– मकवानपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको अस्पताले जनाएको छ ।
अस्पतालका कोभिड ईन्चार्ज सागर काफ्लेका अनुसार कोरोना संक्रमित भई उपचाररत हेटौंडा–७ का ४० वर्षीय पुरुष र हेटौंडा–४ की ३७ वर्षीया महिलाको मृत्यु भएको हो । यो संगै पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि गएराति हेटौंडा अस्पतालमा रौतहटका एक संक्रमितको मृत्यु भएको थियो । योसँगै कोरोना पुष्टि भई हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यस्तै मकवानपुरमा आज थप १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने, १५ जना डिस्चार्ज भएका छन् ।
