मकवानपुर– मकवानपुरमा आज थप एक सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १५४ जनाको स्वास परीक्षणमा १०१ जना र एन्टीजेन बिधिबाट १६४ जनामा गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका ११३ जना संक्रमित भएका छन् । त्यस्तै कैलाश गाउँपालिकामा ३५ जना, थाहा नगरपालिकामा र मनहरी गाउँपालिकामा १२÷१२ जना, इन्द्रसरोबर गाउँपालिकामा १ जना र बकैयामा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । योसंगै मकवानपुरमा कोरोना संक्रमितको संख्या ५ हजार १२४ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमित निको भएका छन् । आज सस्थागत आइसोलेसनबाट ५ जना र होम आइसोलेसनबाट १० जना डिस्चार्ज भएको कार्यालयले जनाएको छ ।