मकवानपुर । केही समय यता देखि आँखा पाक्ने रोगको सङ्क्रमण देखिएपछि हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलले ३ दिन विद्यालय बन्द गर्ने भएको छ । विद्यालयले मंगलबार एक सूचना जारी गर्दै विद्यार्थीहरु तथा शिक्षकहरुमा आँखा पाक्ने समस्या अत्याधिक बढ्दै गएकोले सबैको स्वास्थ्यलाइ ध्यानमा राख्दै भोलिदेखि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
विद्यार्थीहरु तथा शिक्षकहरुमा आँखा पाक्ने समस्या अत्याधिक बढ्दै गएकोले अभिभावकहरुकै अनुरोधमा तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको विद्यालयका सञ्चालक नविक केसीले जानकारी दिनुभयो ।
मकवानपुरलगायत देशैभरी पछिल्लो एक सातादेखि आँखा पाक्ने रोग कनजन्टिभाइटिस तीव्र रुपमा फैलिएको पाइएको छ । जसको असर विद्यार्थीहरुमा समेत तीब्र रुपमा देखिएको र विद्यालयमा पनि विद्यार्थी सङ्ख्या घटेका कारण भाेली साउन २४ देखि २६ गतेसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईले बताउनुभयो । साथै विद्यालयको प्रशासनीक कार्य भने बिहान १० बजे देखि दिउसो ३ बजे सम्म खुल्ला रहने समेत उहाँले जानकारी दिनुभयो ।