हेटौंडाः जिल्ला समन्यवय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले लागु औषध नियन्त्रण जटिल बन्दै गएको बताउनुभएको छ । हेटौंडामा सोमबार एक कार्यक्रममा बोल्दै प्रमुख खुलालले समाजमा बढ्दै गएको लागु औष प्रयोग र आसार पसार नियन्त्रण गर्न सबै नागरिक जिम्वेवार बन्नुपर्ने बताउनुभएको हो ।
उहाँले लागु औषधको दुव्र्यसन तथा अबैध ओसार पोसार बहुपक्षिय सरोकारको बिषय भएकाले दुव्र्यसन नियन्त्रणमा अभिभावक र समाज बढी जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । समाजमा विभिन्न घट्नाहरु घट्नुमा लागु औषधको प्रयोग पनि एक कारण भएको भन्दै उहाँले आफ्नो बाल बच्चालाई लागुऔषधबाट टाढा राख्न अभिभावक सबै धन्दा बढी सचेत हुनु पर्ने बताउनुभएको हो ।