नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । बिहीबारदेखि सुरु भएको एमालेको पाँचौँ केन्द्रीय कमिटीको बैठकबीच स्थायी कमिटीको बैठक सुरु भएको हो ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने विषयमा छलफल भइरहेको छ । स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्ययोजना केन्द्रीय कमिटीको बैठकमा पेस गरी पारित गरिने एमालेले जनाएको छ ।