मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नम्बर ९, स्थित संवेदनशील बाल समुहले बृहत टाेल सरसफाइ कार्यक्रम शनिबार सम्पन्न गरेको छ । संवेदनशील टाेल विकास संस्थाकाे समन्वयमा बालबालिकालाई सामाजिक उत्तरदायित्व प्रति जवाफदेही बनाउनकाे लागि अभिभावकाे समेत सहभागितामा सरसफाइ कार्यक्रम गरिएकाे हाे ।
बाल समुहका अध्यक्ष राेजन राईको नेतृत्वमा भएकाे उक्त कार्यक्रममा बाल समुहका संरक्षक एवं टाेल विकासका अध्यक्ष नबराज काेइराला,टाेल विकास संस्था नगर समन्वयका सदस्य यदुवंश खतिवडा, बालमैत्री वडा सहजकर्ता आशिष खतिवडा, टाेल विकास संस्थाका सल्लाहकार द्वय भरत प्रसाद अधिकारी र उमा सिग्देल, कार्यसमिति लगाएतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रमकाे समापन कार्यक्रममा वक्ताहरूले बालमैत्री समाज गठनकाे उद्वेश्य, बालबालिकाकाे भुमिका, सरसफाइका विविध विषयमा जानकारी गराउनु भएकाे थियो ।