हेटौंडा – हेटौंडामा ओठ तालु फाटेकालगायत विभिन्न शारीरिक समस्या भएका ब्यक्तिहरुको निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंको आयोजना तथा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको संयोजनमा हेटौंडा अस्पतालमा शिबिर आयोजना गर्न लागिएको हो ।
शिबिरमा आगोले पोलेको तथा शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने अंगभंग भएको, आगोले पोलेर कपान गुमाएकाहरु, जन्मजात हात खुट्टाको औंलाहरु टासिंएको, बाङ्गीएको लगायतका समस्याहरु, हातमा अथवा खुट्टामा जन्मजात पाँच भन्दा बढी औंलाहरु टासिंएको, जन्मजात ओठ तथा तालु फाटेकाहरु, माङ्पेशी खुम्चिएर शरीरको कुनै भाग चलाउन नमिल्ने, बिस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हात वा खुट्टा काटीएको ठाउँमा पाकेर नचलेर वा अन्य कुनै कारणले पुनः शल्यक्रिया गर्नुपरेमा, शरीरमा मुसा, कोठी, दाग तथा गाठाहरुको शल्यक्रिया तथा क्यान्सर सम्बन्धि शल्यक्रिया, हर्निया, हाइड्रोशीलको उपचार, मेरुदण्ड, भाचेर प्यारालाईसिस भएका बिरामीमा खाटे घाउ भएकाहरुको निशुल्क उपचार हुने भएको छ ।
शिबिरमा उपचारमा आएका बिरामीको काठमाडौं अपरेसन हुने प्रतिष्ठानका रजिस्ट्रार तथा अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिनुभयो । यस्तै शरीरका कुनैपनि भागको कस्मेटीक सर्जरी गर्नुपरेमा निशुल्क परामर्श तथा सहुलियत दरमा अप्रेसन हुने भएको अस्पताल सन्चालन समितिका सदस्य शिबिरका संयोजक एबम प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्कीले बताउनुभयो । यसै बिषयमा आज हेटौंडा अस्पतालमा छलफल पनि भएको छ । छलफलमा हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सपकोटा, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सन्जाल मकवानपुर संयोजक, सिविन हेटौंडाका प्रमुख झबिन्द्र ज्ञवाली, प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुडाल, अस्पतालका ब्यबस्थापक सुरेन्द्र बडु, मकवानपुर इन्सेक प्रतिनिधि पुष्पराज अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।
Home प्रदेश बागमती प्रदेश हेटौंडामा विभिन्न शारीरिक समस्या भएकाहरुका लागि निशुल्क स्वास्थ्य शिबिर हुँदै