मकवानपुर । मकवानपुरको हेटौंडामा आज देखि मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ कप बुद्धिचाल प्रतियोतितासुरु भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
हेटौंडा–११ स्थीत स्मारक होटलमा सुरु भएको खेलमा ८७ जना खेलाडीले सहभागीता जनाएका छन् । प्रतियोगिताको उपाधि विजेताले १ लाख नगद प्राप्त गर्ने मकवानपुर जिल्ला बुद्धिचाल संघका जिल्ला अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रतियोगतामा दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा चौथो र पाँचौँ हुनेले २० २० हजार नगद प्राप्त गर्नेछन् ।
यसैगरी, छैटौँदेखि दशौँसम्म हुनेले नगद १५÷१५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विद्यागत तर्फ उत्कृष्ट लोकलले १० हजार, उत्कृष्ट महिलाले १० हजार, उत्कृष्ट भेट्रान्स ९५५ वर्ष उमेर समूहले १० हजार, उत्कृष्ट जुनियर ९अन्डर १२, १४, १६ र १८० ४ जनाले १० १० हजार प्राप्त गर्ने छन् । भने, उत्कृष्ट अन रेटेडलाई १० हजार र उत्कृष्ट रेटिङ बिलो ९१८ सय, १६ सय र १४ सय भन्दा कम० भएका प्रत्यकले १०/१० हजार रुपैयाँ प्राप्त गर्ने छन ।
प्रतियोगितामा उपाधि विजेतासहित २१ जनाले नगद पुरुस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनको लागि २० लाख २ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । हेटौंडा उपमहानगरले मुख्य प्रायोजन गरेको प्रतियोगिताका हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले उद्घाटन गरेका हुन । कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामालगायतकाे सहभागिता थियाे ।