काठमाडौं – चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । अल अमिरात क्रिकेट मैदानमा १३६ रको लक्ष्य पाएको नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो । यस्तै नेपालका लागि आरिफ शेखले २० बलमा २५ , ओपनर आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ र शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ गरेको ओमानले नेपाल सामु निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । मोहम्मद नदिमले ३१ रन बनाए । त्यस्तै, कश्यप प्रजपति ११, जतिन्दर सिंह १३, शोइब खान ११, आयन खान ११ र कुर्राम नवाजले ६ रन बनाए । नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिएका थिए ।