काठमाण्डाै – श्रीलङ्ककासँगको पहिलो टी–२० क्रिकेटमा अस्ट्रेलिया डकवर्थ लुइस नियमको आधारमा २० रनले विजयी भएको छ । वर्षाले प्रभावित खेलमा १९ ओभरमा एक सय ४२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २२ रन मात्र बनाउ सक्यो ।
उसका लागि पथुम निसान्काले ३६ र दिनेश चन्डिमलले नटआउट २५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवुडले चार र एडम जम्पाले तीन विकेट लिए । यसअघि सिड्नी क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४९ रन बनायो । उसका लागि बेन म्याकडेरमोटले ५३ र मार्कस स्टोइनिसले ३० रन बनाए । बलिङतर्फ वानिन्दु हसरङ्गाले तीन विकेट लिँदा दुस्मन्था चमीरा, बिनुरा फर्नान्डो र चमिका करुनारत्नेले दुई–दुई विकेट लिए । यो जितसँगै पाँच खेलको टी–२० शृङ्खलामा अस्ट्रेलिया एकशून्यले अघि भएको छ । पाँच खेलको शृङ्खला खेल्न श्रीलङ्का अस्ट्रेलिया भ्रमणमा गएको हो ।