मकवानपुर– कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा आज हेटौंडा उपमहानगरपालिकाका वडाअध्यक्षहरुसंग छलफल गरिएको छ । समुदायमा कोरोना संक्रमण दर बढ्दो रहेको र समुदायमा विभिन्न समस्याहरु समेत देखा पर्दै गएको सन्दर्भमा त्यसको समाधानका विषयमा साविक हेटौंडा नगरपालिकाका वडाअध्यक्षहरुसंग छलफल गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरमा भएको कार्यक्रम हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको हो । अहिले मकवानपुरको साविक हेटौंडा नगरपालिकाको १ देखि ११ नम्बर वडामा बढी संक्रमित देखिएकोले सोहि वडाका वडा अध्यक्षहरूको सहभागितामा छलफल भएको हो । बिहीबार जिल्ला समन्वय समितिमै बसेको सर्बदलिय बैठकले उक्त क्षोत्रमा कोरोना नियन्त्रणलाई थप व्यवस्थित गर्दै सजगता अपनाउनु पर्ने सल्लाह भए बमोजिम वडा अध्यक्षाहरूसंग छलफल गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
विषेश गरि छलफलमा कोरोना रोकथाम तथा नियन्त्रणकालागी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९कमाण्ड पोष्ट० द्धारा गठन गरिएको वडा स्तरीय समितिका बारेमा जानकारी गराईएको थियो । छलफलमा वडा अध्यक्षहरुले वडा स्तरीय समितिका बारेमा जानकारी नै नभएको बताउनुभएको थियो । सो क्रममा प्रमुख खुलालले समुदायमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठीत समितिका बारेमा जानकारी दिँदै उक्त समितिले गर्ने कार्य समेत जानकारी दिनुभएको थियो ।
प्रमुख खुलालले वडा अध्यक्षको संयोजक्त्वमा वडाका स्वास्थ्यका प्रतिनिधि र सुरक्षाकर्मीसहितको तीन सदस्य उक्त समितिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गर्ने कार्यका बारेमा जानकारी दिनुभएको थियो । उक्त समितिले स्थानीय पसल व्यवसाय सञ्चालन हुँदा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेको छ वा छैन भन्ने अनुगमन गर्ने साथै मापदण्ड पुरा नगरेको भए तुरुन्त बन्द गर्ने, होम आइसोलेसनमा बसेकाको नियमित जानकारी लिने, परामर्श दिने साथै आवश्यक्ता अनुसार स्वास्थ्य जाँचको व्यवस्था मिलाउने, टोल विकास संस्थालगायत अन्य वडा स्तरीय संघसंस्थाको सहभागितामा जनचेतनाको लागि नियमित भेटघाट गर्ने, विभिन्न माध्यमबाट सुचना प्रवाहको व्यवस्थापन गर्ने निर्णय भएको बताउनुभयो ।
त्यस्तै संक्रमितहरु प्रति गरिने दव्र्यवहार, अपमान गर्ने प्रबृतिलाई निरुत्साहि गर्दै त्यसो नगर्न समुदायमा सचेतना अभिबृद्धि गर्ने व्यवसथा मिलाउने, स्वाब लिएका व्यक्तिहरुलाई क्वारेन्टाई मै बस्न लगाउने, संक्रमित सबैको रेकर्ड व्यवस्थित गरि अभिलेख राख्ने र काउन्सिलको व्यवस्था मिलाउने निर्णय भएको उहाँले बताउनुभयो । साथै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित हेटौंडा एकेडेमिमा सञ्चालन गर्न लागिएको आइसोलेसन वार्डको व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो । आइसोलेसन वार्डको व्यवस्थापनमा ११ नम्बर वडा कार्यालयले व्यवस्थापकीय सहयोग गर्ने समेत वडा अध्यक्षले जानकारी दिनुभयो ।
छलफलमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, समन्वय अधिकारी आनन्दराज पोखरेल, वडा अध्यक्षहरु सविन न्यौपाने, हरि राउत, नविन सिग्देल, अर्जुन चौलागाई, राजन थापा, लक्ष्मण प्रसाद भण्डारी, किताब सिंह लामा, गोकर्ण पराजुलीलगायतको सहभागिता थियो ।