फाइल तस्विर

थप १२ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या एक सय ९५ पुगेको छ ।

हेटाैंडा– थप ९ सय २७ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १० हजार २ सय २९ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा ३ सय ३४ जना महिला र ५ सय ९३ जना पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता प्रा. डा. गौतमल दिनुभएको जानकारी अनुसार आज काठमाडौका ३ सय ५०, रूपन्देहीका ७२, भक्तपुरका ५४, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, कास्की र धादिङका १६–१६, झापाका १५, महोत्तरी र सर्लाहीका १३–१३, सिराहाका १२ तथा कैलाली, दैलेख, ललितपुर र नवलपरासी पूर्वका ११–११ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी डोटीका ९, सप्तरीका ७, जुम्लाका ६, तनहुँ र बाराका ४–४, सल्यान र नुवाकोटका ३–३, पाँचथर, संखुवासभा, सिन्धुली, लम्जुङ्, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी पश्चिम, र बर्दियाका २–२ जना तथा ईलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, दाङ, पर्सा, रसुवा, सिन्धुपाल्चोक, गोरखा, बाग्लुङ् र कञ्चनपूरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । आज थप १ सय ६९ जना संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।

यसैगरी आज थप १२ जनाको मृत्यु भएपछि कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ । आज मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना महिलाको मृत्यु भएको छ भने उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, कास्की र रूपन्देहीका १–१ जना पुरूषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बाट संक्रमित व्यक्तिहरूको मनोबल कमजोर बनाउने कुनैपनि गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दैनिक रूपमा बढ्दै गएको संक्रमणको दर बाट नआत्तिन र सम्यमित रहने सबैसंग आग्रह गर्नुभयो । प्रवक्ता प्रा.डा. गौतमले कोभिड १९ संक्रमण नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाका कारण रगत संक्रलनको काम प्रभावित भई अस्पतालहरूमा रगतको अभाव भएको हुनाले नियमित रक्तदान गर्दै आएका सबैलाई सुरक्षित रूपमा अस्पताल तथा रक्तसञ्चार केन्द्रहरूमा सम्पर्क गरी रक्तदान गर्न समेत आग्रह गर्नुभयो ।