मकवानपुर– मकवानपुरमा शुक्रबार आज थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट आज प्राप्त विवरणअनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका २४ जना, मनहरी गाउँपालिकाका एकजना र ४ जना जिल्ला बाहिरका स्थायीवासी भए पनि हाल मकवानपुर जिल्लाभित्रै बस्ने रहेको बताइएको छ । भदौ ३ गते सङ्कलित एक सय ५८ स्वाब नमूनाको आज रिपोर्ट आएको हो । हेटौंडा उपमहानगरका २४ जना सङ्क्रमितमध्ये ९ जना महिला र १५ जना पुरुष रहेका छन् ।