मकवानपुर– मकवानपुरमा बुधबार ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसंधान तथा तालिम केन्द्र, प्रादेशिक प्रयोगशालाबाट बुधबार साँझ प्राप्त रिपोर्ट अनुसार १५ जना महिला र ४५ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
भदौ ३० गते स्वाब संकलन गरिएकाका मध्ये आज हेटौंडा उपमहानगरका ४२ जना, थाहा नगरका १ जना, भीमफेदी गाउँपालिकाका २ जना, बकैया गाउँपालिकाका ३ जना, मनहरी गाउँपालिकाका ६ जना, राक्सिराङ गाउँपालिकाका ३ जना र जितपुर सिमरा उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
