कोरोना भाइरसको महामारीका कारण गएको चैत महिनादेखि बन्द रहेको लामो दुरीका गाडी (बिहीबार) देखि सञ्चालनमा आउँदै छन् । कोरोनाको जोखिम कायमै रहे पनि सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर लामो दुरीका गाडी खोल्न अनुमति दिएको हो ।
भोलिदेखि लामो दुरीका गाडीका साथै आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खुल्दै छन् । जनजीवनलाई सामान्यतर्फ फर्काउन यी क्षेत्र खुलाइएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।