नेपाल एअरलाइन्सले नयाँ सफ्टवेर जडान गरेको छ । एअरलाइन्सको सेवा र सुविधालाई समय अनुसार सुधार गर्ने सिलसिलामा २६ वर्षदेखि प्रयोग गरिरहेको सफ्टवेर परिवर्तन गरिएको नेपाल एअरलाइन्सले जनाएको छ ।
अहिलेसम्म “सीता प्लानिङु सफ्टवेर प्रयोग गर्दै आएकोमा अब एअरबसले नै उत्पादन गरेको ुन्यावब्लु फ्लाइट प्लानिङ” सफ्टवेर प्रयोग गरिएको एअरलाइन्सले जनाएको छ । नयाँ सफ्टेवेरले अहिलेको भन्दा ३० प्रतिशत कम खर्चमै उडान गर्न सकिने एअरलाइन्सको दाबी रहेको छ ।