मदिरा र चुरोटका अम्मलीलाई कोरोना भाइर संक्रमणको धेरै जोखिम हुने चिकित्सकहरुले बताएका छन । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका डाक्टर सगुन बल्लभ पन्तले महामारीमा लागु पदार्थको प्रयोगले झन् बिकराल अवस्था ल्याउने बताउनुभएको हो ।
मदिरा सेवन गर्नेहरुले सामाजिक दूरी पालना नगर्ने, मास्क नलगाउने र हात नधुने गरेको पाइएकाले उनीहरु संक्रमणको सबैभन्दा जोखिममा रहेको उहाँको भनाइ छ । लागुपदार्थ खानेको रोग प्रतिरोधात्मक क्षमता घट्दै जानाले कडा खालको कोरोना संक्रमण हुनसक्ने अध्ययनले समेत देखिएको छ । रक्सीले कलेजोसहितका महत्वपूर्ण अंगमा क्षति गर्ने भएकाले यस्तालाई कडा किसिमको कोरोनाले समात्न सक्ने चिकित्सक बताउछन । घरेलु मदिरावाट कोरोना सर्ने जोखिम बढने पनि चिकित्सकको भनाइ छ । घरेलुसहितका मदिरा भिडभाड भएर खाने गरेकाले एकैपटक धेरैलाई संक्रमणको जोखिम हुने उनीहरुको भनाइ छ ।