बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तीनकुने चोकबाट करिब ३६ केजी लागुऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका वडा–१३ वनस्पति बस्ने ४० वर्षीय सजन स्याङ्गतान र ३५ वर्षीय भुवन तितुंग रहेका छन् ।
अटोभित्र तीन वटा ब्याग र एक वटा चामलको बोराभित्र रातो प्लास्टिकको बोरामा लुकाइछिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । हेटौँडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह. २८८८ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी चालक सजन र अटोमा सवार भुवनलाई पक्राउ गरिएको हो ।