मकवानपुर– आज ६३ औं सहकारी दिवश “मर्यादित श्रम र पर्यटनका लागि सहकारी” भन्ने नाराका साथ मकवानपुरमा पनि मनाईएको छ । जिल्ला बहुउदे्श्य सहकारि संघ र नारायणि बहुउद्वेश्य सहकारी संस्थाले संयुक्त रुपमा भौतिक दुरी कायम गरेर दिपावली सहति दिवश मनाएको हो ।

हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरिएको दिवश यो वर्ष कोरोना भाईरस (कोभिड–१९) का कारण भौतिक दुरी कायम गरेर दिपावली सम्म गरेर मनाईएको नारायणी बहुउद्ेश्य सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका जिल्ला बहुउदेश्य सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिनुभयो । नारायणि सहकारी संस्थाको हाता भित्रै दिपावली गरेर दिवश मनाईएको उहाँले बताउनुभयो । देश नै महामारीको संकटमा रहेका बेला सामान्य तरीकाले सरकारकाे निर्णयकाे पालना गरेर भौतिक दुरीको ख्याल राख्दै कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।

संघका अध्यक्ष न्यौपाने कै अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले राज्यको अर्थतन्त्रको महत्वपुर्ण मेरुदण्डका रुपमा रहेको सहकारीले संकटका बेलामा राज्यलाई सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले काेराेना महामारी नियन्त्रण गर्नका लागि सहकारी संस्थाहरुले स्थानीय स्तरमा निकै ठूलो भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो । सहकारीहरु जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था भएकाले देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोना रोकथाम तथा नियन्त्रणमा भूमिका खेल्नुपर्ने उहाँकाे भनाइ थियाे ।